YouVersion लोगो
खोज आइकन

प्रकाश 1:12-16

प्रकाश 1:12-16 सरल नेपाली

मसित बोल्‍ने को हो भनी मैले फर्केर हेरें। मैले बत्ती राख्‍ने सात वटा सुनका सामदान देखें। मैले सामदानहरूका बीचमा पाउसम्‍मै पुग्‍ने लामो पोशाक लाएका र छातीमा सुनको पेटी बाँधेका एक जना मानिसको पुत्रजस्‍तो देखें। उहाँको केश ऊन वा हिँऊजस्‍तो सेतो थियो र उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता बलेका थिए। उहाँका पाउ आगोको भट्टीमा खारेर टल्‍काएको काँसाजस्‍तै चम्‍केका थिए र उहाँको आवाजचाहिँ छाँगाको गर्जनजस्‍तो थियो। दाहिने हातमा उहाँले सातवटा तारा समात्‍नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्‍तै चम्‍किरहेको थियो।

प्रकाश 1 पढ्नुहोस्