प्रकाश 1:12-16
प्रकाश 1:12-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें। उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए। उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो। उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
प्रकाश 1:12-16 नेपाली समकालीन संस्करण (NCV)
अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्कें। अनि जब म पछिल्तिर फर्कें, मैले सुनका सातओटा सामदानहरू देखें, अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाउनुभएको “मानिसको पुत्रजस्तै,” एकजनालाई देखें। उहाँका शिरको कपाल ऊनजस्ता सेता थिए, हिउँजस्तै सेता, अनि उहाँका आँखाहरू आगोका ज्वालाजस्तै थिए। उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजझैं थियो। अनि उहाँको दाहिने हातले सातओटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैं थियो।
प्रकाश 1:12-16 पवित्र बाइबल (NERV)
को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।
प्रकाश 1:12-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मसित बोल्ने को हो भनी मैले फर्केर हेरें। मैले बत्ती राख्ने सात वटा सुनका सामदान देखें। मैले सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाएका र छातीमा सुनको पेटी बाँधेका एक जना मानिसको पुत्रजस्तो देखें। उहाँको केश ऊन वा हिँऊजस्तो सेतो थियो र उहाँका आँखा आगोका ज्वालाजस्ता बलेका थिए। उहाँका पाउ आगोको भट्टीमा खारेर टल्काएको काँसाजस्तै चम्केका थिए र उहाँको आवाजचाहिँ छाँगाको गर्जनजस्तो थियो। दाहिने हातमा उहाँले सातवटा तारा समात्नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्तै चम्किरहेको थियो।