भजनसंग्रह 98
98
परमेश्वर संसारका शासक
1परमप्रभुलाई एउटा नयाँ भजन गाओ,
उहाँले उदेकका कामहरू गर्नुभएको छ!
आफ्नो शक्ति र पवित्र बलले
उहाँले विजय पाउनुभएको छ।
2परमप्रभुले आफ्नो विजयबारे भन्नुभयो,
उहाँले आफ्नो बचाउन सक्ने शक्तिबारे जातिहरूलाई जनाउनुभयो।
3उहाँले विश्वासनीय भएर र अनन्त प्रेम गरेर
इस्राएलका मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा राख्नुभयो।
सबै ठाउँका सबै मानिसहरूले हाम्रा परमेश्वरको विजय देखेका छन्।
4सारा पृथ्वी, परमप्रभुको निम्ति आनन्दले भजन गाओ,
आनन्दका भजन र स्वरले उहाँको प्रशंसा गर।
5परमप्रभुको प्रशंसा गाओ!
वीणामा सङ्गीत बजाओ!
6तुरही र नरसिङ्गा फुक
र हाम्रा राजा परमप्रभुको निम्ति आनन्दले स्वर उचाल।
7समुद्र र त्यहाँका सारा प्राणीले गुञ्जायमान गरून्;
पृथ्वी र त्यसका सबै बासिन्दाहरूले भजन गाओ!
8नदीहरूले ताली बजाओ;
पहाडहरूले एकसाथ मिली परमप्रभुको सामु आनन्दले भजन गाओ
9किनभने उहाँ पृथ्वीमा राज्य गर्न आउनुहुन्छ,
उहाँले धार्मिकता र न्यायसित
संसारका जातिहरूमाथि राज्य गर्नुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 98: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.