आओ, हामी परमप्रभुको प्रशंसा गरौं! हामीलाई रक्षा गर्नुहुने परमेश्वरकहाँ आनन्दले भजन गाऔं! धन्यवादसाथ उहाँको सामु आऔं र उहाँको प्रशंसाको आनन्दमय भजन गाऔं किनभने परमप्रभु सामर्थी परमेश्वर हुनुहुन्छ र अरू सबै देवी-देवताहरूमाथि सामर्थी महाराजा हुनुहुन्छ। उहाँले गहिराभन्दा गहिरा ओढारदेखि अग्लाभन्दा अग्ला पहाडहरूसम्म सारा पृथ्वीमाथि राज्य गर्नुहुन्छ। उहाँले आफैंले बनाउनुभएको समुद्र र जगत्माथि राज्य गर्नुहुन्छ। आओ, हामी शिर निहुराएर उहाँलाई दण्डवत् गरौं, हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं। उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका आफ्ना प्रजा हौं, जसको उहाँले वास्ता गर्नुहुन्छ, उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्छ। उहाँले के भन्नुहुन्छ, आज सुन: “तिम्रा पिता-पुर्खाहरू मेरीबामा अथवा एक दिन मस्साहको मरुभूमिमा अट्टेरी भएजस्ता तिमीहरू अट्टेरी नबन।
भजनसंग्रह 95 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 95:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू