ज-जसले सुरक्षा पाउन परमप्रभुको शरण लिन्छन् र सर्वशक्तिमान्को सुरक्षामुनि बस्छन्, तिनीहरूले उहाँलाई भन्न सक्छन्, “मलाई बचाउने र रक्षा गर्ने तपाईं हुनुहुन्छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म तपाईंमा भरोसा राख्दछु।” उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्नुहुनेछ। उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ, तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ, उहाँको विश्वासयोग्यताले तिमीलाई रक्षा गरेर बचाउनेछ। दिउँसो अचानक आइलाग्ने आक्रमणदेखि वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्नुपर्नेछैन
भजनसंग्रह 91 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 91:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू