YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 9:13-20

भजनसंग्रह 9:13-20 सरल नेपाली

हे परमप्रभु! ममाथि दया गर्नुहोस्! मेरा शत्रुहरूले मलाई कष्‍ट दिएको हेर्नुहोस्! हे परमप्रभु! मलाई मृत्‍युदेखि बचाउनुहोस्! र म यरूशलेमका मानिसहरूको अघि खडा हुनेछु र जुन कुराका लागि म तपाईंको प्रशंसा गर्दछु, म तिनीहरूलाई ती सबै कुरा भन्‍नेछु। तपाईंले मलाई बचाउनुभएकोले म रमाउनेछु। अविश्‍वासीहरूले खाडल खने र आफैं त्‍यसमा परे; आफूले थापेको पासोमा तिनीहरू आफैं फसे। धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्‍टहरू आफ्‍नै कामका फन्‍दामा परेका छन्। सबै दुष्‍टहरू र परमेश्‍वर नमान्‍नेहरूका अन्‍त्‍य मृत्‍यु हो। अभावमा परेकाहरू सधैँभरि त्‍यागिनेछैनन्। दरिद्रको आशा सधैँभरि चकनाचुर हुनेछैन। हे परमप्रभु, आउनुहोस्! मानिसहरू विजयी हुन नपाऊन्। अविश्‍वासीहरूलाई आफ्‍नो अघि खडा गर्नुहोस् र तिनीहरूमाथि न्‍याय गरी न्‍याय सुनाउनुहोस्। हे परमप्रभु! तिनीहरूलाई डर देखाउनुहोस्, हामी मरणशील मानिस मात्र हौं भनी तिनीहरूले जान्‍न सकून्।

भजनसंग्रह 9 पढ्नुहोस्