तर तपाईं आफैंले चुन्नुभएको राजासँग रिसाउनुभएको छ, तपाईंले उसलाई अस्वीकार गर्नुभएर त्याग्नुभएको छ। तपाईंले आफ्नो सेवकसँग गर्नुभएको करार तोड्नुभएको छ र उसको मुकुट हिलोमा फ्याँकिदिनुभएको छ! तपाईंले उसका सहरका पर्खालहरू भत्काइदिनुभएको छ र उसका किल्लाहरू ध्वंस पारिदिनुभएको छ। छेउबाट भएर जानेहरू सबैले उसका माल-सामान चोर्दछन्, सबै छिमेकीहरू उसमाथि हाँस्छन्। तपाईंले उसका शत्रुहरूलाई जिताउनुभएको छ र तिनीहरूलाई खुसी तुल्याउनुभएको छ। तपाईंले उसका हात-हतियारहरू बेकामका बनाइदिनुभएको छ र लडाइँमा उसको हार गराउनुभएको छ। तपाईंले उसको राजदण्ड खोस्नुभएको छ र उसको सिंहासन भूइँमा फालिदिनुभएको छ। तपाईंले बेला नभई उसलाई वृद्ध पार्नुभएको छ, बदनामले उसलाई ढाक्नुभएको छ। हे परमप्रभु, के सधैँभरि तपाईंले आफैंलाई लुकाइराख्नुहुन्छ? कहिलेसम्म तपाईंको रिस आगोझैँ बलिरहने हो? याद राख्नुहोस्, जीवन कति छोटो छ, याद राख्नुहोस्, तपाईंले हामीलाई मरणशील जीवन दिनुभएको छ। को कहिले नमरी बाँच्छ र? मानिस कसरी चिहानदेखि बाँच्न सक्छ र? हे प्रभु, तपाईंले अघि दिनुभएका प्रेमका प्रमाणहरू कहाँ गए? तपाईंले दाऊदलाई दिनुभएका प्रतिज्ञाहरू खोइ? म तपाईंको दासको अपमान भएको छ, कसरी अविश्वासीहरूका सारा सराप मैले सहेको छु यी कुराहरू नभुल्नुहोस्। हे परमप्रभु, तपाईंका शत्रुहरूले तपाईंले चुन्नुभएको राजाको अपमान गर्दछन्। उनी जहाँ गए पनि तिनीहरूले उनको अपमान गरिरहन्छन्। परमप्रभुको प्रशंसा सधैँभरि गर! आमेन! आमेन!
भजनसंग्रह 89 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 89:38-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू