YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:38-52

भजनसंग्रह 89:38-52 NNRV

तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ। तपाईंले आफ्‍नो दाससँगको करार तोड्‌नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्‍याउनुभएको छ। तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ। त्‍यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्‌, तिनी आफ्‍ना छिमेकीहरूका निम्‍ति हेलाको पात्र भएका छन्‌। तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्‍च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्‍लसित तुल्‍याउनुभएको छ। तपाईंले उनका तरवारको धार बोधो तुल्‍याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन। तपाईंले तिनको गौरव समाप्‍त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ। उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्‌नेले ढाकिदिनुभएको छ। सेला कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ? स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ! यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ? सेला हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु, हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्‍कार गरेका छन्‌, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्‌। परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।