YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:1-8

भजनसंग्रह 89:1-8 सरल नेपाली

हे परमप्रभु, म सधैँ तपाईंको अटुट प्रेमको बारेमा गाउनेछु; म सधैँ तपाईंको विश्‍वासयोग्‍यताबारे उच्‍च स्‍वरले भन्‍नेछु। म जान्‍दछु कि तपाईंको प्रेम सदासर्वदा रहिरहनेछ र तपाईंको विश्‍वासयोग्‍यता आकाशजस्‍तो अटल छ। तपाईंले भन्‍नुभयो, “मैले चुनेको मानिससँग मैले एउटा करार बाँधेको छु। मैले आफ्‍नो दास दाऊदसँग प्रतिज्ञा गरेको छु, तेरो एउटा सन्‍तान सदासर्वदा राजा बनिरहनेछ, तेरो वंशलाई म सदाकाल जोगाइराख्‍नेछु।” परमप्रभु! तपाईंले गर्नुभएका उदेकका कामको विषयमा स्‍वर्गले गाउँदछ, तपाईंको विश्‍वासयोग्‍यताबारे पवित्र जनहरूले गाउँछन्, परमप्रभु! स्‍वर्गमा कोही पनि तपाईंजस्‍तो छैन, कुनै पनि स्‍वर्गका प्राणी तपाईंसमानको छैन। पवित्र जनहरूका सभामा तपाईंको आदर हुँदछ, तिनीहरू सबैले तपाईंको भय मान्‍दछन्। परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, कोही पनि तपाईंजस्‍तो सामर्थी छैन, हे परमप्रभु, सबै कुरामा तपाईं विश्‍वासयोग्‍य हुनुहुन्‍छ।

भजनसंग्रह 89 पढ्नुहोस्