हे परमप्रभु! मेरो बिन्ती सुन्नुभएर जवाफ दिनुहोस् किनभने म असहाय र दुर्बल छु। मलाई मृत्युदेखि बचाउनुहोस् किनभने म तपाईंको नम्र भक्त हुँ; मलाई बचाउनुहोस् किनभने म तपाईंको दास हुँ र तपाईंमा भरोसा राख्दछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, यसैले मलाई अनुग्रह गर्नुहोस्। म दिनभरि तपाईंलाई प्रार्थना गर्दछु। हे प्रभु! आफ्ना दासलाई आनन्दित तुल्याउनुहोस् किनभने म तपाईंकहाँ मेरो प्रार्थना चढाउँदछु। हामीलाई क्षमा र भलाइ गर्नुहुने र तपाईंलाई प्रार्थना गर्नेहरूलाई अटुट प्रेम गर्नुहुने तपाईं हुनुहुन्छ। परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मैले गरेको पुकार सुन्नुहोस्। कष्टको समयमा म तपाईंलाई पुर्कादछु किनभने तपाईंले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ। प्रभु, तपाईंजस्तो अरू कुनै ईश्वर छैन, तपाईंले गर्नुभएजस्तो अरू कसैले पनि गर्न सकेको छैन। तपाईंले बचाउनुभएका सबै जातिहरूले आएर तपाईंलाई दण्डवत् गर्नेछन्, तिनीहरूले तपाईंको महान्ताको प्रशंसा गर्नेछन्। तपाईं सामर्थी हुनुहुन्छ र उदेकका कामहरू गर्नुहुन्छ, तपाईं एक मात्र परमेश्वर हुनुहुन्छ। मैले कसो गर्नुपर्ने हो, हे परमप्रभु, मलाई सिकाउनुहोस् र विश्वासयोग्यतासाथ म तपाईंको आज्ञा मान्नेछु। पूरा भक्तिसित तपाईंको सेवा गर्न मलाई सिकाउनुहोस्। हे प्रभु, मेरा परमेश्वर, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, म सधैँभरि तपाईंको महान्ताबारे घोषणा गर्नेछु। ममाथि तपाईंको कति ठूलो अटुट प्रेम छ, तपाईंले मलाई चिहानदेखि बचाउनुभएको छ। हे परमेश्वर, घमण्डीहरू मेरा विरुद्धमा आउँदै छन्, एक हुल निष्ठुर मानिसहरू, जसले तपाईंलाई ध्यानै दिँदैनन्, तिनीहरूले मलाई मार्ने चेष्टामा छन्। तर हे प्रभु, तपाईं दयामाया र प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ, तपाईं सदासर्वदा धीरजी, दयालु र विश्वासयोग्य हुनुहुन्छ। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्, मलाई बल दिनुहोस् र बचाउनुहोस् किनभने मेरी आमाजस्तै म तपाईंको सेवा गर्दै छु। परमप्रभु, मलाई तपाईंको भलाइको प्रमाण दिनुहोस्। तपाईंले मलाई दिनुभएको सान्त्वना र मद्दत देखेर मलाई घृणा गर्नेहरू लाजमा पर्नेछन्।
भजनसंग्रह 86 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 86:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू