YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 84:1-4

भजनसंग्रह 84:1-4 सरल नेपाली

हे सर्वशक्तिमान्‌ परमप्रभु! म कति तपाईंको मन्‍दिरलाई प्रेम गर्दछु! म त्‍यहाँ बस्‍न कति चाहन्‍छु! म परमप्रभुको मन्‍दिरमा बास गर्न अति इच्‍छा गर्दछु। मेरो सारा प्राणले जिउँदो परमेश्‍वरकहाँ म आनन्‍दको गीत गाउँदछु। भँगेराहरूले पनि गुँड बनाएका छन्, गौंथलीहरूको पनि आफ्‍नै घर छ, तिनीहरूले आफ्‍ना बच्‍चाहरूलाई तपाईंका वेदीछेउ राख्‍छन्, सर्वशक्तिमान्‌ परमप्रभु मेरा राजा, मेरा परमेश्‍वर, तपाईंको मन्‍दिरमा बास गरेर सधैँ तपाईंको महिमा गाउनेहरू कति खुसी छन्।

भजनसंग्रह 84 पढ्नुहोस्