तपाईंले मिश्रदेखि एउटा अङ्गुरको बोट ल्याउनुभयो, तपाईंले अरू देशका प्रजाहरूलाई धपाएर तिनका देशमा त्यो बोट रोप्नुभयो। तपाईंले त्यो मौलिएर बढ्न जमिन सफा गर्नुभयो। त्यसको जरा गाडियो र त्यो सारा देशभरि फैलियो। त्यसका छायाँले सबै पहाडहरू ढाकिए, त्यसका हाँगाहरूले ठूल्ठूला देवदारुहरूमाथि छायाँ पार्यो। त्यसका हाँगाहरू भूमध्य सागरसम्म फैलिएर गए, यूफ्रेटिस नदीसम्म पनि ती पुगे। त्यसलाई घेरेको बार किन भत्काउनुभयो? अब त्यहाँबाट जाने कसैले पनि अङ्गुर चोर्न सक्छ। बनेलहरूले ती कुल्चन्छन् र जङ्गली जन्तुहरूले ती खान्छन्। हे सर्वशक्तिमान् परमेश्वर! हामीतिर फर्कनुहोस्, स्वर्गदेखि हामीलाई हेर्नुहोस्। आउनुहोस् र आफ्ना प्रजालाई बचाउनुहोस्। आउनुहोस् र आफूले रोप्नुभएको त्यो अङ्गुरको बोट बचाउनुहोस्, जुन कलिलो बोटलाई तपाईंले यति बलियो पारेर बढाउनुभयो! हाम्रा शत्रुहरूले त्यसलाई आगो लाएर काटी ढालेका छन्, रिसले ती शत्रुहरूलाई हेर्नुहोस् र नाश पार्नुहोस्। आफूले चुन्नुभएको प्रजालाई जोगाउनुहोस् र रक्षा गर्नुहोस्, जुन जातिलाई तपाईंले यति बलियो बनाउनुभएको थियो। हामी तपाईंदेखि फेरि तर्की जानेछैनौं, हामीलाई जीवित राख्नुहोस् र हामी तपाईंको प्रशंसा गर्नेछौं। हामीलाई फर्काई ल्याउनुहोस्, हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर! हामीलाई आफ्नो दयामाया देखाउनुहोस् र हामी बाँच्नेछौं।
भजनसंग्रह 80 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 80:8-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू