हे मेरा मानिसहरू हो! मेरो शिक्षा सुन, मेरा कुरामा ध्यान देओ। म बुद्धिका कुराहरू भनेर बितेका रहस्यहरूका भेद खोलिदिनेछु। हामीले सुनेका र जानेका कुराहरू हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु। ती कुराहरू हामी आफ्ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं, आउँदा पिँढीलाई ती कुरा भन्नेछौं। परमप्रभुका शक्ति र महान् कार्यहरू, उहाँका उदेकका कामबारे भन्नेछौं। उहाँले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो र याकूबका सन्तानलाई व्यवस्था-विधि दिनुभयो। आफ्ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो। त्यसरी आउँदो पुस्ताले तिनका बारेमा सिक्न सकून् र आफ्ना सन्तानलाई पनि ती सिकाउन सकून्! यसरी तिनीहरूले परमेश्वरमाथि भरोसा राख्नेछन् र उहाँका कामहरू भुल्नेछैनन् र सधैँ उहाँका आज्ञाहरू मान्नेछन्। आफ्ना पिता-पुर्खाहरूजस्ता तिनीहरू विद्रोही र आज्ञा नमान्नेहरू बन्नेछैनन्। ती पुर्खाहरूका परमेश्वरमाथि भरोसा कहिल्यै दरिलो थिएन, तिनीहरू उहाँप्रति विश्वासयोग्य रहेनन्।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू