हे परमेश्वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्दा जन्तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्तु लिव्यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्यसको शरीर तपाईंले मरुभूमिका जन्तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्नुभयो। तपाईंले पृथ्वीका सिमाना बाँध्नुभयो र गर्मी र ठन्डाका ऋतुहरू बनाउनुभयो।
भजनसंग्रह 74 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 74:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू