YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:12-17

भजनसंग्रह 74:12-17 सरल नेपाली

हे परमेश्‍वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्‍ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्‍नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्‍दा जन्‍तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्‍तु लिव्‍यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्‍यसको शरीर तपाईंले मरुभूमिका जन्‍तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्‍नुभयो। तपाईंले पृथ्‍वीका सिमाना बाँध्‍नुभयो र गर्मी र ठन्‍डाका ऋतुहरू बनाउनुभयो।

भजनसंग्रह 74 पढ्नुहोस्