YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73:21-28

भजनसंग्रह 73:21-28 सरल नेपाली

जब मेरा सोच-विचार तीता थिए र मेरो मनमा चोट परेको थियो, म पशुझैँ मूर्ख बनेको थिएँ र मैले तपाईंलाई बुझिनँ। तरै पनि, म सधैँ तपाईंको नजिक बस्‍दछु र तपाईंले मेरो हात सह्माल्‍नुहुन्‍छ। तपाईंले आफ्‍नो शिक्षाले मलाई डोर्‍याउनुहुन्‍छ र अन्‍तमा मलाई आदरसाथ ग्रहण गर्नुहुनेछ। स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? तपाईं हुँदाहुँदै मलाई पृथ्‍वीमा अरू कुन थोक चाहिन्‍छ र? मेरा शरीर र मन दुवै दुर्बल हुन सक्‍छन्, तर परमेश्‍वर मेरा सामर्थ्‍य हुनुहुन्‍छ, मलाई चाहिने उहाँ मात्र हुनुहुन्‍छ। तपाईंलाई त्‍याग्‍नेहरू निश्‍चय नाश हुनेछन्, तपाईंलाई विश्‍वास नगर्नेहरूलाई तपाईंले ध्‍वंस पार्नुहुनेछ। तर मेरो निम्‍ति परमेश्‍वरको नजिक रहन पाउनु, सार्वभौम परमप्रभुको सुरक्षा पाउनु, र उहाँका कामबारे वर्णन गर्नु कति उदेकको कुरा हो!

भजनसंग्रह 73 पढ्नुहोस्