YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73:1-12

भजनसंग्रह 73:1-12 सरल नेपाली

इस्राएलको लागि र शुद्ध हृदय भएकाहरूको लागि परमेश्‍वर साँच्‍चै असल हुनुहुन्‍छ। तर मैले आफ्‍ना विश्‍वास र भरोसा प्राय: हराइसकेको थिएँ, किनभने मैले दुष्‍टहरूको सबै कुरामा फलिफाप भएको देखें र अहङ्कारीहरूसँग ईर्ष्‍या गरेको थिएँ। तिनीहरूले दु:ख-कष्‍ट भोग्‍दैनन्, तिनीहरू बलिया र स्‍वस्‍थ हुन्‍छन्। अरू मानिसहरूले झैँ तिनीहरू दु:ख पाउँदैनन्; अरूले भोगेझैँ तिनीहरूले कष्‍ट भोग्‍दैनन्। यसर्थ तिनीहरूले अहङ्कारलाई मालाजस्‍तै लाउँछन् र हिँसालाई खास्‍टोजस्‍तै ओढ्छन्। तिनीहरूका हृदयदेखि खराबी निस्‍कन्‍छ र तिनका मन दुष्‍ट युक्तिहरू निकाल्‍नमा व्‍यस्‍त रहन्‍छन्। तिनीहरू अरूमाथि हाँस्‍छन् र खराब कुरा बोल्‍छन्। तिनीहरू घमण्‍डी छन् र अरूलाई सताउने युक्तिहरू रच्‍छन्। स्‍वर्गका परमेश्‍वरबारे तिनीहरूले दुष्‍ट कुरा भन्‍छन् र पृथ्‍वीका मानिसहरूलाई घमण्‍डले भरिएका आज्ञा दिन्‍छन्। यहाँसम्‍म कि परमेश्‍वरका आफ्‍ना प्रजा पनि तिनीहरूतिर फर्कन्‍छन् र तिनीहरूले भनेका कुरा झट्टै पत्‍याउँछन्। तिनीहरू भन्‍छन्, “परमेश्‍वरले जान्‍नुहुनेछैन, सर्वोच्‍च परमेश्‍वरले थाहा पाउनुहुनेछैन।” दुष्‍टहरू त्‍यस्‍ता हुन्‍छन्, तिनीहरूसँग प्रशस्‍त छ र तिनीहरूले सधैँ अझै धेरै पाइरहेका छन्।

भजनसंग्रह 73 पढ्नुहोस्