हे परमप्रभु! रक्षाको निम्ति म तपाईंको शरण परेको छु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी हुनुहुन्छ, यसकारण मेरो सहायता र रक्षा गर्नुहोस्, मेरो बिन्ती सुन्नुहोस् र मलाई बचाउनुहोस्! मेरो रक्षाको लागि बलियो गढी र दरिलो आश्रय बन्नुहोस्, तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ। मेरा परमेश्वर! दुष्ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्, निष्ठुरी र दुष्टको शक्तिबाट मलाई रक्षा गर्नुहोस्। सार्वभौम परमप्रभु! म तपाईंमा आशा राख्दछु, मैले युवा अवस्थामै तपाईंमा भरोसा राखेको छु। म जीवनभरि तपाईंमा भर परेको छु, म जन्मेको दिनदेखि तपाईंले मेरो रक्षा गर्नुभएको छ, म सधैँ तपाईंको प्रशंसा गर्नेछु। मेरो जीवन धेरै जनाको निम्ति नमुना बनेको छ किनभने तपाईं मेरो प्रतापी रक्षक हुनुभएको छ। दिनभरि म तपाईंको प्रशंसा गर्दछु र तपाईंको महिमाबारे उच्च सोरले भन्छु।
भजनसंग्रह 71 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 71:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू