YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 69:13-17

भजनसंग्रह 69:13-17 सरल नेपाली

तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु! तपाईंले रोज्‍नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्‍वर! आफ्‍नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस् किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्‍छ। हिलोमा डुब्‍नदेखि मलाई बचाउनुहोस् मलाई मेरा शत्रुहरू र गहिरा पानीदेखि जोगाउनुहोस्। भल-पानी ममाथि नआओस्, त्‍यसका गहिराइमा मलाई डुब्‍न नदिनुहोस्, मलाई चिहानमा पर्न नदिनुहोस्। तपाईंको अटुट प्रेमबाट पाइने भलाइमा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, तपाईंको महान् प्रेममा मतिर फर्कनुहोस्! आफ्‍नो दासदेखि आफैंलाई नलुकाउनुहोस्, म ठूलो कष्‍टमा छु; मलाई अहिले उत्तर दिनुहोस्।

भजनसंग्रह 69 पढ्नुहोस्