YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:1-6

भजनसंग्रह 57:1-6 सरल नेपाली

मलाई दया गर्नुहोस्, हे परमेश्‍वर! मलाई दया गर्नुहोस् किनभने सुरक्षाको निम्‍ति म तपाईंको शरण पर्दछु। उर्लंदो आँधी नथामिएसम्‍म तपाईंका पखेटाका छायामा म शरण पाउँदछु। म परमेश्‍वरलाई, सर्वोच्‍च परमेश्‍वरलाई पुकार्दछु, उहाँले मलाई चाहिएका हरेक थोक दिनुहुन्‍छ। उहाँले मलाई स्‍वर्गबाट जवाफ दिनुहुन्‍छ र बचाउनुहुन्‍छ, उहाँले मलाई सताउनेहरूलाई हराउनुहुन्‍छ। परमेश्‍वरले आफ्‍ना अटुट प्रेम र विश्‍वासयोग्‍यता मलाई देखाउनुहुन्‍छ। मानिस खाने सिंहहरूले जस्‍तै शत्रुहरूले मलाई घेरेका छन्, तिनीहरूका दाँत काँड र भालाहरूजस्‍ता छन् र जिब्रो धारिलो तरवारजस्‍तो! हे परमेश्‍वर! आकाशमा आफ्‍नो महान्‌ता र सारा पृथ्‍वीमा आफ्‍नो गौरव देखाउनुहोस्। मेरा शत्रुहरूले मलाई समात्‍न जाल बिछाएका छन्, म दु:खले विह्वल छु, तिनीहरूले मेरो बाटोमा एउटा खाडल खने, तर तिनीहरू आफैं त्‍यसमा परे।

भजनसंग्रह 57 पढ्नुहोस्