YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 56

56
परमेश्‍वरमा भरोसाको प्रार्थना
1हे परमेश्‍वर, मलाई दया गर्नुहोस्!
किनभने शत्रुहरूले ममाथि आक्रमण गर्न आँटेका छन्।
तिनीहरूले मलाई सधैँ सताइरहन्‍छन्।
2मेरा विरोधीहरूले दिनभरि मलाई आक्रमण गर्दछन्,
मसँग लडाइँ गर्नेहरू अति नै धेरै छन्।
3हे सर्वशक्तिमान्‌ परमप्रभु! मलाई डर लाग्‍दा
म तपाईंमा भरोसा राख्‍छु।
4म परमेश्‍वरमा भरोसा राख्‍दछु र डराउँदिनँ,
उहाँले मलाई प्रतिज्ञा गर्नुभएको लागि म उहाँको प्रशंसा गर्छु,
तुच्‍छ मानिसले मलाई के गर्न सक्‍छ र?
5मेरा शत्रुहरूले मलाई दिनभरि कष्‍ट दिइरहन्‍छन्,
मलाई चोट लगाउने युक्ति सधैँभरि गरिरहन्‍छन्।
6तिनीहरू गुप्‍त ठाउँमा भेला हुन्‍छन्
र मलाई मार्ने ध्‍येयले मेरा सबै काम हेरिरहन्‍छन्।
7हे परमेश्‍वर! तिनीहरूका दुष्‍टताका निम्‍ति तिनीहरूलाई दण्‍ड दिनुहोस्।
आफ्‍नो क्रोधमा तिनीहरूको हार गराउनुहोस्।
8तपाईं जान्‍नुहुन्‍छ कि मैले कति कष्‍ट भोगेको छु,
तपाईंले मेरो आँसुको लेखा राख्‍नुभएको छ।
के तपाईंले ती कुराहरू आफ्‍नो खातामा लेख्‍नुभएको छैन र?
9मैले तपाईंलाई पुकारेको दिन मेरा शत्रुहरूले हार मान्‍नेछन्।
म यो जान्‍दछु कि परमेश्‍वर मेरो पक्षमा हुनुहुन्‍छ:
10हे परमेश्‍वर, म तपाईंको वचनको प्रशंसा गर्दछु।
11म उहाँमा भरोसा राख्‍दछु र डराउनेछैनँ,
तुच्‍छ मानिसले मलाई के गर्न सक्‍छ र?
12हे परमेश्‍वर! मैले जे कुराको प्रतिज्ञा गरेको छु, त्‍यो तपाईंलाई चढाउनेछु,
मेरो धन्‍यवादको भेटी म तपाईंलाई टक्र्याउनेछु
13किनभने तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभएको छ
र हार्न दिनुभएको छैन।
यसकारण म परमेश्‍वरको सामु
जीवितहरूमाथि चम्‍किने ज्‍योतिमा हिँड्दछु।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 56: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्