YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45:1-9

भजनसंग्रह 45:1-9 सरल नेपाली

राजाका निम्‍ति यो गीत लेख्‍दा सुन्‍दर शब्‍दहरू मेरो मनमा भरिंदछन्। कुनै असल लेखकको कलमजस्‍तै मेरो जिब्रोमा कविता तयार छ। तपाईं मानिसहरूमा सबैभन्दा सुन्‍दर हुनुहुन्‍छ, तपाईं बोल्‍नमा निपुण हुनुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई सधैँ आशिष् दिनुभएको छ। हे सामर्थी राजा! कम्‍मरमा तरवार भिर्नुहोस्, तपाईं गौरव र प्रतापले पूर्ण हुनुहुन्‍छ। सत्‍य र न्‍याय जोगाइराख्‍नलाई, विजय गर्न महिमासाथ सवारी हुनुहोस्! तपाईंको शक्तिले ठूल्‍ठूला विजय हासिल गर्नेछ। तपाईंका काँड तीखा छन्, उनले तपाईंका शत्रुहरूका मुटु छेड्दछन्, जाति-जातिहरू तपाईंको पाउपर्नेछन्। परमेश्‍वरले तपाईंलाई दिनुभएको राज्‍य सदाकाल रहनेछ, न्‍यायसँग तपाईंले आफ्‍ना प्रजामाथि राज्‍य गर्नुहुन्‍छ। जे कुरा असल छ, त्‍यसलाई तपाईंले प्रेम गर्नुहुन्‍छ, जे कुरा खराब छ, त्‍यसलाई तपाईंले घृणा गर्नुहुन्‍छ। त्‍यसैले परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई चुन्‍नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्‍द तपाईंलाई दिनुभएको छ। तपाईंको पोशाकबाट मूर्र र तेजपातको जस्‍तो बासना निस्कन्छ, हात्तीका दाँतले सिङ्गारेका राजमहलमा बाजा बजाउनेहरूले तपाईंलाई खुसी पार्दछन्। तपाईंको महलमा मान पाएका स्‍त्रीहरूमध्‍ये राजकुमारीहरू छन्। तपाईंको सिंहासनको दाहिनेपट्टि सबैभन्दा असल सुनका गहना पहिरेर रानी खडा छिन्।

भजनसंग्रह 45 पढ्नुहोस्