YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45

45
राजाका विवाह गीत
1राजाका निम्‍ति यो गीत लेख्‍दा
सुन्‍दर शब्‍दहरू मेरो मनमा भरिंदछन्।
कुनै असल लेखकको कलमजस्‍तै
मेरो जिब्रोमा कविता तयार छ।
2तपाईं मानिसहरूमा सबैभन्दा सुन्‍दर हुनुहुन्‍छ,
तपाईं बोल्‍नमा निपुण हुनुहुन्‍छ,
परमेश्‍वरले तपाईंलाई सधैँ आशिष् दिनुभएको छ।
3हे सामर्थी राजा! कम्‍मरमा तरवार भिर्नुहोस्,
तपाईं गौरव र प्रतापले पूर्ण हुनुहुन्‍छ।
4सत्‍य र न्‍याय जोगाइराख्‍नलाई,
विजय गर्न महिमासाथ सवारी हुनुहोस्!
तपाईंको शक्तिले ठूल्‍ठूला विजय हासिल गर्नेछ।
5तपाईंका काँड तीखा छन्,
उनले तपाईंका शत्रुहरूका मुटु छेड्दछन्,
जाति-जातिहरू तपाईंको पाउपर्नेछन्।
6 # हिब्रू 1:8,9 परमेश्‍वरले तपाईंलाई दिनुभएको राज्‍य सदाकाल रहनेछ,
न्‍यायसँग तपाईंले आफ्‍ना प्रजामाथि राज्‍य गर्नुहुन्‍छ।
7जे कुरा असल छ, त्‍यसलाई तपाईंले प्रेम गर्नुहुन्‍छ,
जे कुरा खराब छ, त्‍यसलाई तपाईंले घृणा गर्नुहुन्‍छ।
त्‍यसैले परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई चुन्‍नुभएको छ
र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्‍द तपाईंलाई दिनुभएको छ।
8तपाईंको पोशाकबाट मूर्र र तेजपातको जस्‍तो बासना निस्कन्छ,
हात्तीका दाँतले सिङ्गारेका राजमहलमा बाजा बजाउनेहरूले तपाईंलाई खुसी पार्दछन्।
9तपाईंको महलमा मान पाएका स्‍त्रीहरूमध्‍ये राजकुमारीहरू छन्।
तपाईंको सिंहासनको दाहिनेपट्टि
सबैभन्दा असल सुनका गहना पहिरेर रानी खडा छिन्।
10हे राजाकी दुलही! मेरा कुरा सुन,
आफ्‍ना कुटुम्‍ब र जातिलाई भुलिदेऊ।
11तिम्रो सुन्‍दर रूपले गर्दा राजाले तिमीलाई चाहनुहुन्‍छ,
उहाँ तिम्रा स्‍वामी हुनुहुन्‍छ
र तिमीले उनका आज्ञा मान्‍नुपर्छ।
12टुरोस देशका मानिसहरूले तिमीलाई उपहार ल्‍याउनेछन्,
धनी मानिसहरूले तिम्रा कृपा-दृष्‍टि पाउने चेष्‍टा गर्नेछन्।
13राजकुमारी राजमहलमा छिन्,
तिनी कति सुन्‍दरी छिन्।
सुनको धागोले उनको पोशाक बनिएको छ।
14रङ्गी-बिरङ्गीका पोशाक पहिरेर तिनी राजाकहाँ पुर्‍याइनेछिन्।
पछि-पछि लोकन्‍तीहरू आउनेछन्,
तिनीहरू पनि राजाकहाँ पुर्‍याइनेछन्।
15हर्ष र उल्‍लाससाथ तिनीहरू आउँछन्
र राजाका महलभित्र पस्‍छन्।
16मेरा राजा, तपाईंका पुर्खाका वंशमा पछिसम्‍म राजा बन्‍न
तपाईंका धेरै छोराहरू हुनेछन्
र सारा संसारमा तपाईंले तिनीहरूलाई राजा खटाउनुहुनेछ।
17मेरा गीतले तपाईंको सुनाम सधैँ जोगाइराख्‍नेछ
र आउँदा दिनमा सधैँको लागि सबैले तपाईंको प्रशंसा गर्नेछन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 45: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्