दरिद्रहरूको वास्ता गर्नेहरू हर्षित हुन्छन्; तिनीहरू कष्टमा पर्दा परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुनेछ र तिनीहरूका प्राण जोगाउनुहुनेछ। स्वदेशमा उहाँले तिनीहरूलाई आनन्द दिनुहुनेछ, शत्रुको शक्तिमुनि उहाँले तिनीहरूलाई छोड्नुहुन्न। तिनीहरू बिरामी हुँदा परमप्रभुले सहायता गर्नुहुनेछ र तिनीहरूलाई फेरि स्वास्थ्य पार्नुहुनेछ। मैले भनें, “परमप्रभु! मैले तपाईंको विरुद्धमा पाप गरेको छु, मलाई दयामाया गर्नुहोस् र निको पार्नुहोस्।” मेरा शत्रुहरूले मेरा बारेमा नराम्रा कुरा भन्छन्, तिनीहरू म मरेको र सबैले मलाई भुलेको चाहन्छन्। मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्; तिनीहरूले मेरो बारेमा दुष्ट कुराहरू बटुल्छन्, बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्।
भजनसंग्रह 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 41:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू