YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 41

41
बिरामी मानिसको प्रार्थना
1दरिद्रहरूको वास्‍ता गर्नेहरू हर्षित हुन्‍छन्;
तिनीहरू कष्‍टमा पर्दा परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्‍छ।
2परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुनेछ
र तिनीहरूका प्राण जोगाउनुहुनेछ।
स्‍वदेशमा उहाँले तिनीहरूलाई आनन्‍द दिनुहुनेछ,
शत्रुको शक्तिमुनि उहाँले तिनीहरूलाई छोड्‍नुहुन्‍न।
3तिनीहरू बिरामी हुँदा परमप्रभुले सहायता गर्नुहुनेछ
र तिनीहरूलाई फेरि स्‍वास्‍थ्‍य पार्नुहुनेछ।
4मैले भनें, “परमप्रभु! मैले तपाईंको विरुद्धमा पाप गरेको छु,
मलाई दयामाया गर्नुहोस् र निको पार्नुहोस्।”
5मेरा शत्रुहरूले मेरा बारेमा नराम्रा कुरा भन्‍छन्,
तिनीहरू म मरेको र सबैले मलाई भुलेको चाहन्‍छन्।
6मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्;
तिनीहरूले मेरो बारेमा दुष्‍ट कुराहरू बटुल्‍छन्,
बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्।
7मलाई घृणा गर्नेहरू सबैले मेरो बारेमा आपसमा कानेखुसी गर्छन्
र सबैभन्दा नराम्रो कुरा सोच्‍छन्।
8तिनीहरू भन्‍छन्, “त्‍यसलाई मर्ने रोग लागेको छ,
त्‍यसले फेरि ओछ्यान छोड्‍न सक्‍नेछैन।”
9 # मत्ती 26:23; मर्कूस 14:18; लूका 22:21; यूहन्‍ना 13:18 मैले अत्‍यन्‍तै विश्‍वास गरेको मसँग एकैसाथ खाने,
मेरो सबैभन्दा उत्तम साथी पनि मेरो विरुद्धमा उठेको छ।
10हे परमप्रभु! मलाई दयामाया गर्नुहोस्,
मलाई फेरि स्‍वास्‍थ्‍य पार्नुहोस्।
अनि म आफ्‍ना शत्रुहरूसँग साटो फेर्नेछु।
11तिनीहरूले मलाई जित्‍नेछैनन्,
अनि तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी म जान्‍नेछु।
12तपाईंले मलाई सहायता गर्नुहुन्‍छ
किनभने जे ठीक छ, सो म गर्दछु।
सदाको लागि तपाईंले मलाई आफ्‍नो उपस्‍थितिमा राख्‍नुहुनेछ।
13 # भजनसंग्रह 106:48 परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा गर!
अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर!
आमेन! आमेन!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 41: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्