YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:1-5

भजनसंग्रह 40:1-5 सरल नेपाली

मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्‍नुभयो र मेरो पुकार सुन्‍नुभयो। मलाई डरलाग्‍दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्‍नुभयो। उहाँले मलाई चट्टानमाथि राख्‍नुभयो र सुरक्षित पार्नुभयो। उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्‍वरलाई प्रशंसाको स्‍तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्‍ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्‍नेछन्। जसले परमप्रभुमा भरोसा राख्‍दछन्, जसले मूर्तिपूजा गर्दैनन् वा जो झूटा देवता पुज्‍नेहरूको साथ लाग्‍दैनन्, तिनीहरू खुसी रहन्‍छन्। हे परमप्रभु! हाम्रा परमेश्‍वर! तपाईंले हाम्रा निम्‍ति धेरै काम गर्नुभएको छ, तपाईंजस्‍तो अरू कोही पनि छैनन्। तपाईंले हाम्रा निम्‍ति धेरै अचम्‍मका योजनाहरू बनाउनुभएको छ। ती यति धेरै छन् कि म ती सबैका बारेमा बताउन सक्‍दिनँ।

भजनसंग्रह 40 पढ्नुहोस्