दुष्टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्ति र फलिफाप हुनेछ। दुष्ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्दछ र घृणाले उसलाई हेर्दछ। तर परमप्रभुले दुष्ट मानिसहरूको हाँसो उडाउनुहुन्छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्नुहुन्छ। दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्टहरूले आफ्ना तरवारहरू निकाल्दछन् र धनु-काँड ताक्दछन्। तिनीहरू आफ्ना तरवारहरूले आफ्नै मुटु छेडिएर मर्नेछन्, तिनीहरूका धनु-काँड चकनाचुर हुनेछन्। भलो मानिससँग भएको थोरै थोक सबै दुष्टहरूले जम्मा गरेका धेरै धनभन्दा बढी हो किनभने परमप्रभुले दुष्टको बल खोस्नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ। परमप्रभुले आफ्ना आज्ञा मान्नेहरूको वास्ता राख्नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ। तिनीहरूले दिन र काल खराब हुँदा कष्ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्दो चीजबीज रहनेछन्। तर दुष्टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्।
भजनसंग्रह 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 37:10-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू