YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:11-18

भजनसंग्रह 35:11-18 सरल नेपाली

दुष्‍ट मानिसहरूले मेरो विरुद्धमा गवाही दिन्‍छन्। मैले नजानेका अपराधको दोष ममाथि ल्‍याउँछन्। तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्‍दछु। तर तिनीहरू बिरामी हुँदा मैले शोक गरें, मैले खान छोडें, आफ्‍नो शिर निहुराएर मैले प्रार्थना गरें। जसरी कुनै भाइ वा मित्रको लागि प्रार्थना गर्थें, त्‍यसरी नै मैले प्रार्थना गरें। आमाको निम्‍ति शोक गर्नेले जस्‍तै मैले शोक गर्दै निहुरेर हिँडें। तर म कष्‍टमा पर्दा तिनीहरू खुसी हुन्‍थे र खिसी गर्न मेरो चारैपट्टि भेला हुन्‍थे, नचिनेका मानिसहरूले मलाई कुटे अनि कुटिरहे। कुनै हात खुट्टा नचल्‍ने मानिसलाई खिसी गरेझैँ तिनीहरूले मलाई घृणाको दृष्‍टिले हेरे। हे परमप्रभु! अब कहिलेसम्‍म हेरिरहनु मात्र हुन्‍छ? मलाई तिनीहरूको हमलादेखि बचाउनुहोस्, यी सिंहहरूबाट मेरो प्राण जोगाउनुहोस्। तब म तपाईंलाई तपाईंका जनहरूका सभामा धन्‍यवाद चढाउनेछु, तिनीहरू सबैको अघि म तपाईंको प्रशंसा गर्नेछु।

भजनसंग्रह 35 पढ्नुहोस्