YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:1-10

भजनसंग्रह 34:1-10 सरल नेपाली

म सधैँ परमप्रभुलाई धन्‍यवाद दिनेछु, उहाँको प्रशंसा गर्न म कहिल्‍यै रोक्‍नेछैनँ। उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्‍यो सुनेर हर्षित होऊन्। मसँग परमप्रभुको महान्‌ताबारे स्‍वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं! मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो, उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो। सताइएकाहरूले उहाँलाई हेर्छन् र हर्षित हुन्‍छन्, तिनीहरू कहिल्‍यै निराश हुनेछैनन्। असहायहरूले उहाँलाई पुकार्छन् र उहाँले उत्तर दिनुहुन्‍छ, उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ। उहाँका आज्ञा मान्‍नेहरूलाई उहाँका दूतले रक्षा गर्छन् र सारा खतरादेखि तिनीहरूको बचाउ गर्छन्। परमप्रभु कति असल हुनुहुन्‍छ आफैं खोजेर बुझ, उहाँमा रक्षा पाउनेहरू खुसी रहन्‍छन्। उहाँका सबै मानिसहरू हो। परमप्रभुको आज्ञापालन गर! उहाँका आज्ञा मान्‍नेहरूले चाहिने कुराहरू सबै पाउँछन्। आहार नपाएर सिंहहरू पनि भोकै बस्‍छन्, तर परमप्रभुका आज्ञा मान्‍नेहरूलाई कुनै असल कुराको खाँचो पर्दैन।

भजनसंग्रह 34 पढ्नुहोस्