जुन जातिका परमेश्वर परमप्रभु हुनुहुन्छ, त्यो जाति खुसी रहनेछ, उहाँले आफ्नै निम्ति चुन्नुभएको जाति प्रसन्न रहनेछ। परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ र सारा मानव-जातिलाई देख्नुहुन्छ। आफूले राज गर्नुभएको ठाउँबाट उहाँले सारा पृथ्वीका बासिन्दाहरूलाई हेर्नुहुन्छ। उहाँले तिनीहरूका हरेक सोच्ने मन बनाउनुहुन्छ, उहाँले तिनीहरूका हरेक काम जान्नुहुन्छ, आफ्ना बलिया सेनाले राजा विजयी हुँदैन, सिपाहीले आफ्ना पाखुराका बलले विजय पाउँदैन। विजय पाउन लडाइँका घोडाहरू बेकामका हुन्छन्, तिनीहरूका धेरै बलले कसैलाई बचाउँदैन। परमप्रभुले आफ्ना आज्ञा मान्नेहरू, आफ्ना प्रेममा भरोसा राख्नेहरूको रखवाली गर्नुहुन्छ। उहाँले तिनीहरूलाई मृत्युदेखि बचाउनुहुन्छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्नुहुन्छ। हामी प्रभुमा आफ्नो आशा राख्दछौं, उहाँ हाम्रा रक्षक र सहायता हुनुहुन्छ। उहाँको कारणले गर्दा हामी खुसी छौं, उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं। हे परमप्रभु! हामी आफ्नो आशा तपाईंमा राख्दछौं, तपाईंको अटुट प्रेम हामीसँग रहिरहोस्।
भजनसंग्रह 33 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 33:12-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू