YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 33:12-22

भजनसंग्रह 33:12-22 NNRV

त्‍यो जाति धन्‍यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू, जसलाई आफ्‍नो उत्तराधिकारको निम्‍ति उहाँले चुन्‍नुभयो। परमप्रभुले स्‍वर्गबाट हेर्नुहुन्‍छ, र उहाँ सबै मानिसका सन्‍तानलाई देख्‍नुहुन्‍छ। आफ्‍नो वासस्‍थानबाट उहाँ पृथ्‍वीका सारा बासिन्‍दाहरूमाथि नजर राख्‍नुहुन्‍छ— उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्‍छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्‍छ। कुनै राजा आफ्‍नो ठूलो सेनाद्वारा बाँच्‍न सक्‍दैन, कुनै योद्धा आफ्‍नो ठूलो सामर्थ्‍यद्वारा बाँच्‍न सक्‍दैन। घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन। तर परमप्रभुको दृष्‍टि उहाँको भय मान्‍नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ, तिनीहरूका प्राणलाई मृत्‍युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍न। हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्‍छ। उहाँमा नै हामी हर्षित हुन्‍छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्‍छौं। हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस्‌।