YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:1-8

भजनसंग्रह 31:1-8 सरल नेपाली

हे परमप्रभु! म सुरक्षाको निम्‍ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्‍यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्‍वर हुनुहुन्‍छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्! मेरो बिन्‍ती सुन्‍नुहोस्! अहिले मलाई बचाउनुहोस्! मेरो शरणस्‍थान भई मेरो रक्षा गर्नुहोस्। मेरो ढाल बनेर मलाई बचाउनुहोस्। तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, आफ्‍नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्‍याउनुहोस्। मेरो लागि थापेको पासोदेखि मलाई जोगाउनुहोस्, विपत्तिदेखि मलाई आश्रय दिनुहोस्। म आफूलाई तपाईंको हातमा सुम्‍पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्‍वासयोग्‍य परमेश्‍वर हुनुहुन्‍छ। झूटा देवताहरू मान्‍नेलाई तपाईंले घृणा गर्नुहुन्‍छ, तर म तपाईंमा भरोसा गर्दछु। तपाईंको अटुट प्रेमले गर्दा म खुसी हुनेछु र रमाउनेछु। तपाईंले मेरा कष्‍ट र पीडा जान्‍नुहुन्‍छ। तपाईंले मलाई मेरा शत्रुहरूका कब्‍जामा पर्न दिनुभएको छैन, जहाँ इच्‍छा हुन्‍छ, त्‍यहाँ जानलाई तपाईंले मलाई खुल्‍ला छोडिदिनुभएको छ।

भजनसंग्रह 31 पढ्नुहोस्