YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 3:1-8

भजनसंग्रह 3:1-8 सरल नेपाली

हे परमप्रभु! मेरा कति धेरै शत्रुहरू छन्; मेरा विरुद्धमा उठ्‍ने मानिसहरू कति धेरै छन्! तिनीहरू मेरो बारेमा कुरा गर्छन् र भन्‍छन्: “परमेश्‍वरले त्‍यसलाई सहायता दिनुहुनेछैन।” तर हे परमप्रभु! सधैँ खतरादेखि जोगाउने तपाईं मेरा ढाल हुनुहुन्‍छ, तपाईंले मलाई विजय दिनुहुन्‍छ र ममा फेरि साहस भरिदिनुहुन्‍छ। म परमप्रभुलाई सहायताको लागि पुकार्छु, उहाँले मलाई आफ्‍नो पवित्र डाँडाबाट उत्तर दिनुहुन्‍छ। म ढल्‍कन्‍छु र सुत्‍छु र रातभरि परमप्रभुले मलाई रक्षा गर्नुहुन्‍छ। मलाई चारैतिर घेरेर बसेका हजारौं शत्रुहरूदेखि म डराउँदिनँ। परमप्रभु, आउनुहोस्! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूलाई दण्‍ड दिनुहोस् र मलाई हानि गर्न नसक्‍ने गरी तिनीहरूलाई शक्तिरहितको बनाउनुहोस्। विजय परमप्रभुले दिनुहुन्‍छ: उहाँले आफ्‍ना प्रजालाई आशीर्वाद देऊन्!

भजनसंग्रह 3 पढ्नुहोस्