हे मेरा परमेश्वर! हे मेरा परमेश्वर! तपाईंले मलाई किन त्याग्नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन। हे मेरा परमेश्वर! दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्न, म राती पुकार्छु तर केही विश्राम पाउँदिनँ। तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्छ, इस्राएलले तपाईंको प्रशंसा गर्दछ। हाम्रा पुर्खाहरूले तपाईंमा भरोसा गरे, तिनीहरू तपाईंमा भर परे र तपाईंले तिनीहरूलाई बचाउनुभयो। तिनीहरूले तपाईंलाई पुकारे र खतरादेखि बाँचे, तिनीहरूले तपाईंलाई भरोसा गरे र निराश हुनुपरेन।
भजनसंग्रह 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 22:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू