म शत्रुलाई खेदेर पक्रन्छु, तिनीहरूलाई नाश नपारुञ्जेलसम्म म थामिन्नँ। म तिनीहरूलाई तरवारले हान्छु र तिनीहरू उठ्न सक्दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। तपाईंले मलाई युद्ध गर्ने शक्ति र शत्रुहरूमाथि विजय दिनुहुन्छ। मेरा शत्रुहरूलाई मेरो सामुदेखि तपाईंले भगाउनुहुन्छ, मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। तिनीहरू मद्दतको लागि चिच्याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्न। म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्ता हुन्छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चन्छु।
भजनसंग्रह 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 18:37-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू