YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 148:1-6

भजनसंग्रह 148:1-6 सरल नेपाली

परमप्रभुको प्रशंसा गर! उच्‍च स्‍थानमा बास गर्नेहरू, तिमीहरूले स्‍वर्गबाट परमप्रभुको प्रशंसा गर। उहाँका सबै दूतहरूले, स्‍वर्गका सबै सेनाहरूले, उहाँको प्रशंसा गर। घाम र जून, उहाँको प्रशंसा गर, चम्‍किला ताराहरू, उहाँको प्रशंसा गर। सर्वोच्‍च आकाश र त्‍यसमाथिका जलहरू, उहाँको प्रशंसा गर। ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए। उहाँका आज्ञाले तिनीहरू आ-आफ्‍ना ठाउँमा सधैँका लागि राखिए र तिनीहरू अनाज्ञाकारी बन्‍न सक्‍दैनन्।

भजनसंग्रह 148 पढ्नुहोस्