YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 140:1-13

भजनसंग्रह 140:1-13 सरल नेपाली

हे परमप्रभु! मलाई दुष्‍ट मानिसहरूदेखि बचाउनुहोस्, हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्। तिनीहरूले सधैँ दुष्‍ट जाल रचिरहेका हुन्‍छन्, सधैँ झगडा लाइरहेका हुन्‍छन्। तिनका जिब्राहरू विषालु साँपझैँ हुन्‍छन्, तिनका बोलीहरू गोमन सर्पका विषझैँ छन्। दुष्‍टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु! मलाई पतन गराउन जाल गर्ने हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्। घमण्‍डी मानिसहरूले मलाई पासो थापेका छन्, तिनीहरूले आफ्‍ना जाल बिछाएका छन् र मलाई समात्‍न बाटोभरि पासो थापेका छन्। म परमप्रभुलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ।” परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्। हे सार्वभौम परमप्रभु, मेरा शक्तिशाली रक्षक, लडाइँमा तपाईंले मेरो रक्षा गर्नुभएको छ। परमप्रभु, दुष्‍टहरूले चाहेका कुरा नदिनुहोस्, तिनीहरूका जाल-झेल विफल होस्! मेरा शत्रुहरूलाई जित्‍न नदिनुहोस्, तिनीहरूले मलाई दिएका धम्‍कीहरू तिनीहरूमाथि नै परून्। जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्, तिनीहरू खाडलमा फालिऊन् र त्‍यहाँबाट कहिल्‍यै निस्‍कन नसकून्! अर्कालाई झूटो दोष लगाउनेहरू सफल हुन नपाऊन्, हिँसक मानिसहरूमाथि आपत् आइलागोस् र तिनीहरू नष्‍ट होऊन्। हे परमप्रभु, म जान्‍दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्‍छ। धर्मीहरूले साँच्‍चै तपाईंको प्रशंसा गर्नेछन्, तिनीहरू तपाईंको उपस्‍थितिमा बास गर्नेछन्।

भजनसंग्रह 140 पढ्नुहोस्