तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो, आमाको गर्भमा तपाईंले मलाई रच्नुभयो। म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्मका छन्, यी सबै कुरा म आफ्नो हृदयबाट जान्दछु। जब मेरा हड्डीहरू बनिंदैथिए, मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए, र अदृश्यमा म त्यहाँ बढ्दैथिएँ, त्यति बेला म त्यहाँ छु भनी तपाईं जान्नुहुन्थ्यो। मेरो जन्म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्नुभएको हो, मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै तपाईंको पुस्तकमा लेखिएका थिए। हे परमेश्वर, तपाईंका विचारहरू कति अमूल्य छन्, र सङ्ख्यामा ती विचारहरू कति धेरै छन्! मैले तिनीहरूको गन्ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्, म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्छु।
भजनसंग्रह 139 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 139:13-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू