भजनसंग्रह 132
132
मन्दिरको तारिफ
1हे परमप्रभु, दाऊद र उनले भोगेका सबै कष्टहरू नभुल्नुहोस्।
2उनले जे प्रतिज्ञा गरे, त्यो याद गर्नुहोस्,
उनले जुन भाकल याकूबका सामर्थी परमेश्वरसँग गरे,
3“म घर जानेछैनँ वा सुत्नेछैनँ,
4म विश्राम लिनेछैनँ वा निदाउनेछैनँ,
5जबसम्म म परमप्रभुको लागि एउटा बासस्थान तयार गर्न सक्दिनँ,
याकूबका सामर्थी परमेश्वरको लागि एउटा भवन।”
6 #
२ इतिहास 6:41,42 हामीले बेथलेहेममा करारको सन्दुकबारे सुन्यौं
र याआरका मैदानमा त्यसलाई पायौं।
7हामीले भन्यौं, “हामी परमप्रभुको भवनमा जाऔं,
उहाँका सिंहासनअघि हामी उहाँलाई दण्डवत् गरौं।”
8हे परमप्रभु, आफ्नो सामर्थ्यको चिन्ह करारको सन्दुकसाथ लिई
तपाईं मन्दिरमा आउनुहोस्
र त्यहाँ सदासर्वदा बास गर्नुहोस्।
9जे ठीक छ, त्यही तपाईंका पूजाहारीहरूले सधैँभरि गरिरहून्
र तपाईंका जनहरूले आनन्दले जयजयकार गरून्!
10तपाईंले आफ्नो दास दाऊदसँग प्रतिज्ञा गर्नुभयो,
आफूले चुन्नुभएको राजालाई अस्वीकार नगर्नुहोस्, परमप्रभु!
11 #
2 शमूएल 7:12-16; १ इतिहास 17:11-14; भजनसंग्रह 89:3,4; प्रेरित 2:30 तपाईंले दाऊदसँग एउटा गम्भीर प्रतिज्ञा गर्नुभयो;
यो प्रतिज्ञा कहिल्यै तपाईं फिर्ता लिनुहुनेछैन:
“म तेरो छोराहरूमध्ये एउटालाई राजा बनाउनेछु,
तँपछि त्यसले राज्य गर्नेछ।
12यदि तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई दिएका आज्ञाहरू साँचो प्रकारले पालन गर्छन् भने
तिनीहरूका छोराहरू पनि तँपछि सदाकालका निम्ति राजा हुनेछन्।”
13परमप्रभुले सियोनलाई चुन्नुभयो,
उहाँले त्यसलाई आफ्नो बासस्थान बनाउन चाहनुहुन्छ:
14“यही ठाउँमा म सदासर्वदा बास गर्नेछु,
यहीँ म राज्य गर्न चाहन्छु।
15सियोनलाई चाहिएका सबै थोक म प्रसस्त गरी दिनेछु,
त्यहाँका दरिद्रहरूलाई म अघाउने गरी खुवाउनेछु।
16त्यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु
र त्यहाँका मानिसहरू आनन्दले गाउनेछन् र उच्च सोरले जयजयकार गर्नेछन्।
17 #
१ राजा 11:36
त्यहाँ म दाऊदका सन्तानका एउटालाई महान् राजा बनाउनेछु,
त्यहीँ मैले चुनेको राजाको राज्य म कायम राख्नेछु।
18त्यसका राज्यको फलिफाप हुनेछ,
तर त्यसका शत्रुहरूलाई भने म लाजमा पार्नेछु।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 132: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.