दु:ख-पीडाको गहिराइबाट म तपाईंलाई पुकार्दछु, हे परमप्रभु! मेरो पुकार सुन्नुहोस्, हे प्रभु! सहायताको लागि मेरो पुकार सुन्नुहोस्! यदि तपाईंले हाम्रा पापहरूको लेखा राख्नुभएको हुँदो हो ता दोषी नठहरी को उम्कन सक्दथ्यो र? तर तपाईंले हामीलाई क्षमा दिनुहुन्छ, यसर्थ हामी भय र भक्तिसाथ तपाईंको सामु खडा रहन सक्छौं। म उत्सुकतापूर्वक परमप्रभुको सहायताको बाटो हेर्दछु र उहाँको वचनमा भरोसा राख्दछु पहरेदारहरूले बिहानको बाटो हेरेझैँ अँ, त्यसले बिहानको बाटो हेरेको भन्दा पनि बढी म परमप्रभुको बाटो हेर्छु। हे इस्राएल, परमप्रभुमा भरोसा राख किनभने उहाँको प्रेम अटल छ र उहाँ बचाउनलाई सधैँ तयार हुनुहुन्छ। उहाँले आफ्ना इस्राएली जनहरूलाई तिनीहरूका सबै पापबाट उद्धार गर्नुहुनेछ।
भजनसंग्रह 130 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 130:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू