YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 128:1-6

भजनसंग्रह 128:1-6 सरल नेपाली

ज-जसले परमप्रभुका आज्ञा मान्‍दछन् र उहाँका आज्ञाअनुसार जिउँछन्, तिनीहरू खुसी रहन्‍छन्। तिम्रा हातका कमाइ सबै खाँचोहरूको लागि पुग्‍दो हुनेछ, तिमीलाई आनन्‍द र फलिफाप हुनेछ। तिम्रा घरमा तिम्री पत्‍नी फल दिने अङ्‌गुरको बोटजस्‍तै हुनेछिन्‌ र तिम्रा टेबिलका चारैतिर तिम्रा छोरा-छोरीहरू कलिला भद्राक्षका मुनाझैँ हुनेछन्। परमप्रभुको आज्ञा मान्‍ने मानिसले साँच्‍चै यस्‍तै आशिष् पाउनेछ। परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्! जीवनभरि तिमीले यरूशलेमले उन्‍नति गरेको देख्‍न पाउनेछौ! तिमीले आफ्‍ना नाति-नातिनीहरू देख्‍न पाउनेछौ! इस्राएलमा शान्‍ति रहोस्!

भजनसंग्रह 128 पढ्नुहोस्