परमप्रभुको भय मान्नेहरू सबै धन्यका हुन्, जो उहाँका इच्छाअनुसारका चालहरूमा चल्छन्। तिमीले आफ्नो परिश्रमको फल खानेछौ, आशिष् र सब किसिमका फलिफाप तिमीले पाउनेछौ। तिम्री पत्नी तिम्रो घरभित्र फलवन्त दाखको लताजस्तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्तै हुनेछन्। यसरी परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ। परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्। तिमीले यरूशलेमको समृद्धि देख्न पाओस्, र तिमीले तिम्रा नाति-पनातिलाई देख्न पाऊ। इस्राएलमा शान्ति आओस्।
भजनसंग्रह 128 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 128
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 128:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू