हामीमाथि शत्रु आइलागेका बेलामा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, हाम्रा विरुद्धमा भएको आफ्नो बल्दो रिसमा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए। पानीले हामीलाई डुबाउनेथियो र भलले हामीलाई बगाई लैजानेथियो। उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो। हामी परमप्रभुलाई धन्यवाद चढाऔं, उहाँले हाम्रा शत्रुहरूका हातमा हामीलाई नाश हुन दिनुभएन। शिकारीको पासोदेखि उम्केको चराजस्तै हामी उम्केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं! स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ।
भजनसंग्रह 124 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 124:2-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू