परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए के हुन्थ्यो? हे इस्राएल, जवाफ देऊ! हामीमाथि शत्रु आइलागेका बेलामा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, हाम्रा विरुद्धमा भएको आफ्नो बल्दो रिसमा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए। पानीले हामीलाई डुबाउनेथियो र भलले हामीलाई बगाई लैजानेथियो। उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो। हामी परमप्रभुलाई धन्यवाद चढाऔं, उहाँले हाम्रा शत्रुहरूका हातमा हामीलाई नाश हुन दिनुभएन। शिकारीको पासोदेखि उम्केको चराजस्तै हामी उम्केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं! स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ।
भजनसंग्रह 124 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 124:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू