भजनसंग्रह 12
12
सहायताको लागि प्रार्थना
1हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्!
एक जना पनि असल मानिस रहेको छैन,
अचेल इमानदार मानिसहरू पाइँदैनन्।
2तिनीहरू सबैले आपसमा झूटा बोल्छन्,
चाप्लुसी कुरा गरेर एक-अर्कालाई धोका दिन्छन्।
3-4हे परमप्रभु! ती चाप्लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्!
“आफ्ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्छौं,
हामी चाहेअनुसार बोल्छौं,
कसैले हामीलाई थुन्न सकेनन्,”
भनी अहङ्कार गर्ने मुखहरू बन्द गर्नुहोस्।
5परमप्रभु भन्नुहुन्छ, “अब म आउनेछु
किनभने दरिद्रहरू सताइएका छन्
र सङ्कटमा परेकाहरू पीडाले छट्पटाइरहेका छन्,
तिनीहरूले खोजेको सुरक्षा म तिनीहरूलाई दिनेछु।”
6परमप्रभुका प्रतिज्ञामा भरोसा गर्न सकिन्छ,
ती दन्केको आगोमा सातपल्ट खारेका चाँदीजस्ता असल हुन्छन्।
7-8दुष्टहरू जताततै हुन्छन्
र दुष्ट कुराहरूको तारिफ गर्छन्।
हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्नुहोस्
र त्यस्ता मानिसहरूदेखि हामीलाई बचाएर राख्नुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.