म तपाईंको व्यवस्थालाई कति प्रेम गर्दछु! म दिनभरि त्यसको बारे सोच्दछु। सबै समय तपाईंको आज्ञा मसित छ र मलाई त्यसले मेरा शत्रुहरूभन्दा बुद्धिमान् बनाउँदछ। मेरा गुरुहरूले भन्दा धेरै म बुझ्दछु किनभने म तपाईंका अर्तीहरूमा ध्यान दिँदछु। बुढापाकाहरूको भन्दा बढ्ता बुद्धि मसँग छ किनभने म तपाईंका आज्ञाहरू मान्दछु। मैले खराब बानीहरू लिएको छैनँ किनभने म तपाईंको वचन मान्न चाहन्छु। मैले तपाईंका अर्तीहरूलाई हेला गरेको छैनँ किनभने तपाईं नै मेरो शिक्षक हुनुहुन्छ। तपाईंका अर्तीहरूको स्वाद कति मीठो छ, त्यो महभन्दा मीठो छ। म तपाईंका व्यवस्थाहरूबाट बुद्धि पाउँदछु, यसैले म सबै खराब बानीहरू घृणा गर्दछु।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:97-104
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू