YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:2-20

भजनसंग्रह 119:2-20 सरल नेपाली

उहाँका आज्ञाअनुसार हिँड्‍नेहरू खुसी रहन्‍छन्, जसले आफ्‍ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्। तिनीहरूले कहिल्‍यै गल्‍ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्। परमप्रभु, तपाईंले हामीलाई आफ्‍ना व्‍यवस्‍था दिनुभएको छ, र तिनलाई विश्‍वासयोग्‍यतासाथ मान्‍न आज्ञा गर्नुभएको छ। तपाईंका शिक्षाहरू विश्‍वासयोग्‍यतासाथ पालन गर्न सकूँला भन्‍ने मेरो ठूलो आशा छ। तपाईंका सबै आज्ञाहरूमा मैले ध्‍यान दिएँ भने मलाई लाज हुनेछैन। तपाईंका उचित धार्मिक न्‍यायको विषयमा मैले सिक्‍दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु। म तपाईंका व्‍यवस्‍थाहरू मान्‍नेछु; मलाई कहिल्‍यै नत्‍याग्‍नुहोस्! युवाहरूले आफ्‍नो जीवन कसरी पवित्र राख्‍न सक्‍छन्‌? तपाईंका आज्ञाहरू मानेर नै। मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्‌घन गर्नदेखि बचाउनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनी म तपाईंको वचन आफ्‍नो हृदयमा राख्‍दछु। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु, मलाई तपाईंका चालमा चल्‍न सिकाउनुहोस्। तपाईंले दिनुभएका सारा व्‍यवस्‍थाहरू दोहोर्‍याएर जोडले भन्‍नेछु। ठूलो सम्‍पत्ति पाउनुभन्दा तपाईंको आज्ञा मान्‍न म आनन्‍द पाउँछु। म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु। म तपाईंका नियममा आनन्‍द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्‍नेछैनँ। आफ्‍नो दासको उपकार गर्नुहोस् र मैले जीवित रहेर तपाईंका शिक्षाहरू मान्‍नेछु। मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्‍यवस्‍थामा उदेकका सत्‍यताहरू देख्‍न सकूँ। म थोरै समयको लागि यस पृथ्‍वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्‍न चाहन्‍छु, ती जान्‍नलाई मेरो मन छट्‌पटाउँदछ।

भजनसंग्रह 119 पढ्नुहोस्