YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:1-8

भजनसंग्रह 115:1-8 सरल नेपाली

तपाईंलाई मात्र, हे परमप्रभु, तपाईं एक्‍लैलाई, हामीलाई होइन, महिमा होस्, तपाईंको अन्‍नत प्रेम र विश्‍वासयोग्‍यताको कारण! किन जातिहरूले हामीलाई सोध्‍छन्, “तिम्रा परमेश्‍वर कहाँ हुनुहुन्‍छ?” हाम्रा परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ, उहाँले जे चाहनुहुन्‍छ, त्‍यही गर्नुहुन्‍छ। तिनीहरूका देवताहरू मानिसका हातले सुन र चाँदीबाट बनाएका हुन्। तिनीहरूका मुख छन्, तर बोल्‍न सक्‍दैनन्, आँखा छन् तर देख्‍न सक्‍दैनन्। तिनीहरूका कान छन् तर सुन्‍न सक्‍दैनन्; नाक छन् तर सुन्‍न सक्‍दैनन्, तिनीहरूका हात छन् तर छाम्‍न सक्‍दैनन्; खुट्टा छन् तर हिँड्‍न सक्‍दैनन्। तिनीहरूले अलिकति आवाज पनि निकाल्‍न सक्‍दैनन्। ज-जसले ती मूर्तिहरू बनाए र तिनमा भरोसा राख्‍छन्, तिनीहरू ती मूर्तिहरूजस्‍तै हुनेछन्।

भजनसंग्रह 115 पढ्नुहोस्