YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 11

11
परमप्रभुमा भरोसा
1म सुरक्षाको लागि परमप्रभुमा भरोसा गर्दछु,
तिमी कति मूर्ख भएर मलाई यसो भन्‍छौ:
“चराजस्‍तो उडेर डाँडामा जाऊ
2किनभने दुष्‍टले धनु निकालेर ‘असल मानिसहरूलाई हान्‍न’
अन्‍धकारमा काँडले ताकेको छ।
3जब सबै कुरा छिन्‍न-भिन्‍न भएर जान्‍छ,
कुनै असल मानिसले केही गर्न सक्‍दैन।”
4परमप्रभु आफ्‍नो पवित्र मन्‍दिरमा हुनुहुन्‍छ,
उहाँको सिंहासन स्‍वर्गमा छ,
उहाँले हरेक ठाउँमा मानिसहरूलाई हेर्नुहुन्‍छ र
तिनीहरूले गरेका काम जान्‍नुहुन्‍छ।
5उहाँले धर्मी र दुष्‍ट मानिसहरूलाई एकनास जाँच्‍नुहुन्‍छ,
उहाँले नियम पालन नगर्नेहरूलाई हृदयदेखि घृणा गर्नुहुन्‍छ।
6उहाँले दुष्‍टमाथि बल्‍दो आगो र गन्‍धक खन्‍याउनुहुन्‍छ;
डढाइहाल्‍ने बतासले तिनीहरूलाई सोतर पार्नुहुन्‍छ।
7परमप्रभु धर्मी हुनुहुन्‍छ र असल कामलाई प्रेम गर्नुहुन्‍छ,
असल काम गर्नेहरू उहाँको सामु जिउनेछन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 11: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्