YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:15-21

हितोपदेश 5:15-21 सरल नेपाली

आफ्‍नी स्‍वास्‍नीप्रति विश्‍वासयोग्‍य भइरह र उसलाई मात्र प्रेम गर। अरू आइमाईहरूबाट जन्‍मेका तेरा सन्‍तानहरूले केही लाभ दिँदैनन्। तेरो आफ्‍नै सन्‍तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन। यसकारण आफ्‍नी स्‍वास्‍नीसँग प्रसन्‍न भइबस र आफूले विवाह गरेकी हरिणीझैँ सुन्‍दरी र शोभावती स्‍त्रीसित आनन्‍दित हो। त्‍यसको शोभाले तँलाई खुसी राखोस् र त्‍यसले आफ्‍नो प्रेममा तँलाई डुबाइराखोस्। ए मेरो छोरो, तँ किन अर्की आइमाईलाई प्रेम गर्छस्? किन अर्काकी स्‍वास्‍नीको मोहनीमा भुल्‍छस्? तेरा सबै काम परमप्रभुले देख्‍नुहुन्‍छ। तँ जहाँ जान्‍छस्, उहाँले तँलाई हेरिरहनुहुन्‍छ।

हितोपदेश 5 पढ्नुहोस्